पोखरा । पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमितको ज्यान गएको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नमबर ६ का ५५ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट पोखराको चरक मेमोरियल अस्पतालको आइसियुमा उपचारका क्रममा आज बिहान ६ बजेर १५ मिनेट जाँदा ज्यान गएको हो । उनलाई कार्तिक १२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल सख्ंया ७२ पुगेको छ ।
यता गण्डकी प्रदेशमा थप ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा प्रदेशमा थप ९ जनालाई संक्रमण पुष्टि भएको हो ।
विपी कोइराला स्मृति क्यान्सर अस्पताल चितवनमा गरिएको परीक्षणका क्रममा तनहुँका १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको देवघाट ५४ का ४२ वर्षीय १ जना पुरुषलाई कोरोना पुष्टि भएको हो ।
नवलपरासी ब.सु.पू का ५ जनालाई संक्रमण पुष्टि भएको छ । विपी कोइराला स्मृति क्यान्सर अस्पताल तथा भरतपुर अस्पतालमा गरिएको परीक्षणका क्रममा जिल्लाका ५ जनालाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु देवचुली, गैंडाकोट तथा विनयत्रिवेणीका रहेका छन् ।
लमजुङका १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा गरिएको परीक्षणका क्रममा जिल्लाको बेसीसहर नगरपालिका वडा नम्बर ११ की ३० वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो ।
सोही अस्पतालमा गरिएको परीक्षणका क्रममा गोरखाका २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको पालुङटार ९ का १७ र ४२ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ हजार १ पुगेको छ ।