पोखरा । कास्कीमा थप ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा थप ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ११ का १ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ३२ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
रुपा गाउँपालिकाका २ जनालाई संक्रमण पुष्टि भएको छ । सो गाउँपालिका अन्तरगत ३६ र ३८ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । गाउँपालिका अन्तरगत उनीहरु कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।
अन्नपूर्ण गाउँपालिकाका ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गाउँपालिकाका २ जना पुरुष तथा १ जना महिलालाई संक्रमण पुष्टि भएको हो । सो गाउँपालिकाका ४२ र ५३ वर्षीय २ जना पुरुष तथा ४१ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उनीहरु गाउँपालिका अन्तरगत कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।
आज बिहानको तथ्यांक अनुसार कास्कीमा ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
तनहुँमा ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको रिषिङ गाउँपालिका वडा नम्बर १ का १ महिला तथा ४ जना पुरुष गरेर ५ जना तथा वडा नम्बर ८ का १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट पहिचान भएको हुन् । उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ हजार ९ सय ९२ पुगेको छ ।