गन्थन डेस्क
पोखरा । कोरोना महामारीका कारण खासै उल्लासमय बन्न नसकेको दशैं कलाकारहरुले परिवारमा सिमित रहेर मनाएका छन् ।
अघिल्लो सालको जस्तो उमंग देखिएन ।
नायिका वेनिशा हमाल , वर्षा सिवाकोटी , नम्रता सापकोटा, जान्ह्वी बस्नेत लगायतका कलाकारहरुले परिवारका सदस्यहरुसंगको तस्बिर शेयर गरेका छन् ।
दशै मनाउन चितवन पुगेकी नायिका आँचल शर्माले पति डा श्रीमान् उदिप श्रेष्ठसँगको फोटो शेयर गरेकी छन् । आँचल र उदिपको विवाह पछिको पहिलो दशैं हो ।
नायिका जान्ह्वी बस्नेतले पनि परिवारका सदस्यहरुसंग टिकापछिको फोटोमा देखिएकी छन् । उनका वाबु जयकिशन बस्नेत , ठूलो वुवा शोभित बस्नेत र दाइ सलोन बस्नेत सहितको पारिवारिक तस्बिर छ ।
तस्बिरमा हेर्नुस् नायिकाहरुको दशैं :