काठमाडौं– नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले पनि दसैंको टीका तथा जमरा लगाएका छन् । सोमबार दसैंको टीका लगाउँदै बेरीले नेपालीहरूलाइ दसैंकाे शुभकामना पनि दिएका हुन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा दसैंको टीका ग्रहण गरेका फोटाहरू सार्वजनिक गर्दै लेखेका छन्, ‘२०७७ सालको विजया दशमीको उपलक्ष्यमा म लगायत नेपालस्थित अमेरिकी मिशनको तर्फबाट यो चाड मनाइरहनुभएका सबैमा सुख, स्वास्थ्य, तथा समृद्धिको शुभकामना व्यक्त गर्न चाहन्छौं ।’