गण्डकीमा ४ संक्रमितको मृत्यु , २ सय ५२ संक्रमित थपिए

पोखरा । सोमबार बिहान गण्डकी प्रदेशमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्की र नवलपुरका २/२ जनाको मृत्यु भएको हो ।

कास्कीमा पोखरा महानगरपालिका-१५ बस्ने ७८ वर्षे महिला र पोखरा-५ का ५५ वर्षे पुरुष संक्रमितको मृत्यु भएको छ । भने नवलपुरको गैंडाकोट नगरपालिका-५ का ७३ वर्षे पुरुष र कावासोती नगरपालिका-२ का ७७ वर्षे पुरुषको मृत्यु भएको हो ।

यस्तै सोमबार बिहान गण्डकी प्रदेशका ७ जिल्लाका २ सय ५२ जनामा कोरोना पुष्टि भएको छ ।

जसमा कास्कीका १ सय १ जना रहेका छन् । भने तनहुँ २६, नवलपुर ९८, बागलुङ १७, लमजुङ ५, गोरखा ४ , स्याङ्जाका १ जनामा संक्रमण पुष्टि भएको हो ।

योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ६ हजार  ७ सय ११ पुगेको छ ।

कमेन्टहरु
Loading...