पोखरा । पोखरामा थप ३८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टरमा गरिएको परीक्षणमा थप ३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ४ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडा अन्तरगत ४८ वर्षीक्ष् १ जना महिला तथा ७४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ७ का ५ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ३ पुरुष तथा २ जना महिलालाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु २६, ३१ र ४७ वर्षीय पुरुष तथा २१ र २६ वर्षीय महिला हुन् ।
वडा नम्बर १० का ४ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडा अन्तरगत २ जना पुरुष तथा २ जना महिलालाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु २८ र ३३ वर्षीय महिला तथा ४५ र ५७ वर्षीय पुरुष हुन् ।
पोखरा ११ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका १ जना महिला तथा २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ३४ वर्षीय महिला तथा २८ र ४३ वर्षीय पुरुष रहेका छन् ।
वडा नम्बर १२ का ४२ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा ६ का ४५ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ३१ का ३१ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
पोखरा १७ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २५ र ३० वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा ९ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३४ वर्षीय १ जना महिला तथा ६७ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा ३ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २ जना पुरुष तथा १ जना महिलालाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ५५ वर्षीय १ जना महिला तथा ५५ र ५८ वर्षीय २ जना पुरुष रहेका छन् ।
पोखरा १५ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका १ महिला तगा १ पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ५२ वर्षीय पुरुष तथा ७६ वर्षीय महिला रहेका छन् ।
पोखरा १ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २ जना पुरुष तथा १ जना महिलालाई संक्रमण पुष्टि भएको हो । संक्रमित ६७ र ५९ वर्षीय २ पुरुष तथा ५१ वर्षीय १२ जना महिला हुन् ।
पोखरा महानगरपालिका वडा नम्बर १३ का ५२ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
पोखरा ८ का ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार सो वडाका २ जना पुरुष तथा २ जना महिलालाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ३५ र ४२ वर्षीय २ जना पुरुष तथा ४० र ७२ वर्षीय २ जना महिला रहेका छन् ।
पोखरा २९ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित सो वडा अन्तरगतकी २४ वर्षीय महिला हुन् ।
पोखरा ६ का ५२ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर १६ की २७ वर्षीय महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १४ का ४२ वर्षीय पुरुषलाई समेत संक्रमण पुष्टि भएको छ ।
यस अगाडि स्वास्थ्य निर्देशनालयले जारी गरेको तथ्यांकमा १९ जनालाई संक्रमण पुष्टि भएको थियो । यससंगै आज पोखरामा ५७ जनालाई कोरोना पुष्टि भएको छ ।
तनहुँमा ४ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्ला अन्तरगत ब्यास नगरपालिकाका हुन् ।
पर्वतमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो जिल्ला अन्तरगत फलेवास तथा मोदीका २ जनालाई संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ हजार ४ सय ५९ पुगेको छ ।