सन्तोष र समिक्षाको ‘एउटै मुटु’ सार्वजनिक (भिडियो)

पोखरा । गायक सन्तोष बस्याल र गायिका समिक्षा अधिकारीको ‘एउटै मुटु’ बोलको गीत सार्वजनिक भएको छ ।

प्रथम क्षेत्रीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा क्षेत्री सहित एन्जिला बानियाँको अभिनय रहेको छ ।

इश्वर खड्का ‘विशाल’ले लेखेको गीतलाई संगीतकार बाबुल गिरीले संगीत गरेका हुन् ।

पोखरामा रहेर संगीत सँगै पत्रकारिता क्षेत्रलाई अगाडि बढाइरहेका बस्यालको यो पहिलो लोक गीत हो ।

यसअघि बस्यालले जीवन सुनारको शब्दसंगीतमा मैले तिमीलाई माया गर्दा, योगेश काजीको शब्दसंगीतमा ओम गुरुङसँगै युगल गीत रेशम फिरिरि, दिपक शर्माको शब्दसंगीतमा ढाट्यो मायाले लगायतका गीत सार्वजनिक गरिसकेका छन् ।

लोक गीत संगीतबाटै आफ्नो सांगीतिक यात्रा शुरुवात गरेका बस्याल आफ्नी आमाको प्रेरणाबाट गीतसंगीत क्षेत्रमा छिरेका हुन् । उनकी आमाले गाउँमा अझै पनि गाउने गर्छिन् । आमासँगै रोधीमा सहभागी बन्दै गर्दा आफूले गीत गाउन सिकेको बस्याल बताउँछन् ।

बस्याल विगत १० वर्षदेखि संगीतमा आबद्ध छन् ।

सोलो मोसन पिक्चरको प्रस्तुतिमा बनेको गितको भिडियोलाई इश्वर थापा, हरि क्षेत्री र देविस तण्डन क्षेत्रीले निर्माण गरेका हुन् ।

गीतलाई प्रथम क्षेत्रीको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको हो । अन्नत घिमिरेको सम्पादन र कलरिङ रहेको म्युजिक भिडियोको डिओपी सुमन कार्कीले गरेका हुन् । बाबुल गिरीको संगीत संयोजन रहेको गीतलाई श्यामस्वेत रसाइलीले मिक्सिङ एवं मास्टरिङ गरेका हुन् ।

म्युजिक भिडियोको छायाँकन काठमाडौंमा गरिएको हो ।

कमेन्टहरु
Loading...