अस्पताललाई अक्सिजन मेसिन

बागलुङ । रोजगारीका क्रममा बेलायतमा रहेका नेपालीले धौलागिरी अस्पताल, बागलुङलाई कोरोना सङ्क्रमणका विरामीका लागि रु दुई लाख पर्ने अक्सिजन मेसिन सहयोग गरेका छन् ।

बागलुङको काठेखोला गाउँपालिका कर्लिम घर भई बेलायतमा रहेका गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), बेलायतका उपाध्यक्ष एवं नेपाल पत्रकार महासङ्घ बागलुङका पुर्व अध्यक्ष नारायणदत्त कँडेलको पहलमा मेसिनका लागि रकम सङ्कलन भएको हो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले अक्सिजनको अभाव पूरा गर्न मेसिन सहयोगी हुने बताउनुभयो ।

नर्थन आयरल्याण्डमा बस्ने नेपालीले एकापसमा सहयोग सङ्कलन गरी रु पाँच लाख पच्चिस हजार जम्मा गरेर मेसिन तथा अन्य सहयोग कँडेलले जानकारी दिनुभयो ।

यसअघि चितवन र दोलाखा अस्पतालमा पनि अक्सिजन मेसिन हस्तान्तरण गरिएको थियो ।

कमेन्टहरु
Loading...