पोखरामा थप २ जनालाई कोरोना संक्रमण पुष्टि

पोखरा । पोखरामा थप २ जनालाई कोरोना पुष्टि भएको छ । पोखरा महानगरपालिकाका २५ तथा ५५ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । उनीहरु कति नम्बर वडाका हुन् भन्ने बारेमा भने खुलेको छैन ।

तनहुँमा थप १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्ला अन्तरगत भीमाद नगरपालिका वडा नम्बर ६ का १२ वर्षीय बालक हुन् । संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

अन्नपूर्ण गाउँपालिकाका १ तथा पोखरा महानगरपालिकाका ५ सहित कास्कीमा आज बिहान समेत ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ हजार ३ सय २४ पुगेको छ ।

कमेन्टहरु
Loading...