पोखरामा २ सहित गण्डकी प्रदेशमा थप ९ जनालाई कोरोना पुष्टि

पोखरा । पोखरामा २ सहित गण्डकी प्रदेशमा थप ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा गण्डकी प्रदेशमा थप ९ जनालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १७ की ५२ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा कै मातृशिशु अस्पतालकी १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको । उनी सोही अस्पतालमा कार्यरत चिकित्सक हुन् ।

यस अगाडि कास्कीमा अन्नपूर्ण गाउँपालिकामा १ तथा पोखरामा १ जनालाई संक्रमण पुष्टि भएको थियो ।

तनहुँमा ४ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको ब्यास नगरपालिका वडा नम्बर १ का ४४ वर्षीय, ३ का ३८ र ३९ वर्षीय २ जना, तथा वडा नम्बर ९ का २७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो । नगरपालिकाको वडा नम्बर ३ का सनराइज बैंक तथा ३९ वर्षीय पुरुष ब्यास नगरपालिकामा कार्यरत कर्मचारी हुन् ।

गोरखामा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला अन्तरगत वडा नम्बर ६ का ४० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

नवलपरासी (ब.सु.पू) का २ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको देवचुली १ की १८ वर्षीय १ जना महिला तथा ७ का ५० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ हजार ३ सय २१ पुगेको छ ।

कमेन्टहरु
Loading...