पोखरा । पोखरामा थप १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
मेडीप्लस अस्पतालका १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित ३५ वर्षीय महिला हुन् ।
फेवासिटी अस्पतालका १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित १० वर्षीय बालिका हुन् ।
चरक अस्पतालका ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो अस्पतालका १ महिला सहित २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमित २१ वर्षीय १ जना महिला तथा ३० र ३२ वर्षीय २ जना पुरुष हुन् ।
पोखरा महानगरपालिका वडा नम्बर ३ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ३० वर्षीय १ जना महिला तथा ३२ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा ५ का १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी २१ वर्षीय पुरुष हुन् ।
७ नम्बर वडाका १ जनालाई कोरोना पुष्टि भएको छ । सो वडाका ५० वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ८ का १ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाकी २७ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो ।
पोखरा ९ का ६० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
पोखरा १२ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाकी ४६ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
१३ नम्बर वडाका १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित २९ वर्षीय पुरुष हुन् ।
पोखरा १५ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु सो वडाका ५४ र ६० वर्षीय पुरुष रहेका छन् ।
पोखरा १६ का ३६ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
पोखरा १७ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित दुवै जना महिला हुन् । सो वडाका ३० र ७० वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो ।
पोखरा २५ का २५ वर्षीय १ जना पुरुषलाई समेत संक्रमण पुष्टि भएको छ ।
पवर्तमा १६ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको जलजलाका हुन् । जलजला अन्तरगत उनीहरु कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।
बाग्लुङका १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी जिल्लाको बाग्लुङ नगरपालिकाका ४६ वर्षीय पुरुष हुन् । नगरपालिका अन्तरगत कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।
गोरखामा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको आरुघाट ९ का ३७ वर्षीय १ जना पुरुष रहेका छन् ।
यस्तै म्याग्दीमा १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको बेनी नगरपालिका वडा नम्बर २ का ३१ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ हजार १ सय ४३ पुगेको छ ।