स्याङ्जा । चापाकोट नगरपालिका १ खोलेगाउँस्थित भित्री सडकको जंगलमा बेवारिसे अवस्थामा भेटिएको सालको काठ प्रहरीले बरामद गरेको छ । सालको काठ जंगलमा लुकाएर राखेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चापाकोटबाट गएको प्रहरी टोलीले बाटोमुनि स्याउलाले ढाकेर राखिएका अवस्थामा ३०६.३४ क्युफिट बराबरको २ सय १८ थान सालको काठ फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिएका छन् । स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरीको रोहबरमा मुचुल्का तयार पारी आवश्यक कारवाहीका लागि सो काठ वन डिभिजन कार्यालय स्याङ्जामा बुझाइएको छ । रासस
२०८२ आश्विन २५ गते शनिबार