धौलागिरीमा पहिरोबाट पूर्वाधारमा २६ करोड क्षति

म्याग्दी । म्याग्दीको धौलागिरी गाउँपालिकामा यस वर्षको वर्षातको कारण करिब २६ करोड बढीको भौतिक पूर्वाधारमा क्षति पुगेको छ । गत असार २५ र २६ गते वर्षातसँगै आएको पहिरोेका कारण निजी आवास, विद्यालय, सडक, खानेपानी, विद्युतलगायत क्षेत्रमा पु¥याएको क्षतिको पुनःनिर्माण गर्न २६ करोड बढी बजेट आवश्यक पर्ने देखिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिएकी छिन् ।

गाउँपालिकाले प्राविधिक टोली खटाएर पहिरोे र बाढीले पु¥याएको क्षतिको विवरण र तथ्यांक संकलन गरेको हो । पहिरोे पीडितको पुनःस्थापना, क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणमा प्रदेश र संघ सरकारसँग आवश्यक पहल गरिएको गाउँपालिकाले जनाएको छ । गत असारको पहिरोेले मराङको रिख, राम्चे, कल्लेनी, ठूलोगाउँ र कुम्रीमा १९ जनाको ज्यान गएको थियो भने २ जना बेपत्ता भएका थिए ।

पहिरोेले वडा नम्बर ७ धारापानीको किसानी माविमा भवन भत्कन थालेकाले सो विद्यालयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको छ । पहिलो चरणमा पूर्णरुपमा घरबारविहीन भएकाको आवास पुनःनिर्माण गरिने र जोखिम र जीर्ण बनेका घरको समेत मर्मत र आवश्यकताअनुसार पुनःनिर्माणमा सघाउने योजना बनाएको अध्यक्ष पुनले बताए । ‘विनाशकारी पहिरोेले ठूलो क्षति पु¥याएको छ, अब आवास पुनःनिर्माणमा अघि बढ्छौं, हिउँदभरमा सबै घरबारविहीन भएकालाई सुरक्षित आवासको प्रबन्ध गर्ने हाम्रो योजना छ ।’ अध्यक्ष पुनले भने ।

धौलागिरीको वडा नं ६ मराङमा २४, वडा न ७ ताकम, धारापानीमा ३१ र ५ वडा मल्कबाङमा ५ घर गरी कूल ६० घर पहिरोेले पूर्णरुपमा क्षति भएको छ । गाउँपालिकाले ताकम, धारापानी र मल्कबाङमा सुकुम्बासीबाहेकका पीडित परिवारको हकमा उनीहरुकै जग्गामा आवास पुनःनिर्माण गर्ने र मराङका पहिरोे पीडितको लागि भने एकीकृत बस्ती बनाउने अवधारणा अघि सारेको उपाध्यक्ष रेशम छन्त्यालले बताए ।

भूगर्भविद्को टोलीबाट अध्ययनका लागि प्रदेश सरकारलाई पत्राचार गरिएको र अध्ययन र विस्तृत अध्ययन प्रतिवेदनका आधारमा पुनः निर्माणलाई अघि बढाउने गाउँपालिकाको तयारी रहेको प्रवक्ता झकबहादुर छन्त्यालले बताए । हालै सम्पन्न विशेष गाउँसभाबाट गाउँपालिकाले आवास पुनःनिर्माणका लागि ४९ लाख ७३ हजार बजेट विनियोजन गरेको छ भने प्रकोप व्यवस्थापन कोषमा ५० लाख छुट्टाएको प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले जानकारी दिएका छन् ।

प्रदेश र सघं सरकार तथा म्याग्दी प्रवासी नेपाली सघं (मोना), विभिन्न सहयोगदातासँग समन्वय गरी घरबारविहीन भएकाको आवास पुनःनिर्माण गर्न जुटेको गाउँपालिका अध्यक्ष पुनको भनाइ छ । गाउँपालिकाले पहिरोे पीडितको सहयोगदार्थ सञ्चालन गरेको सहयोग संकलन अभियानअन्तर्गत गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबाट ८ लाख र सहयोगदाताबाट ४२ लाख सहयोग जुटेको छ । रासस

कमेन्टहरु
Loading...