पोखरा । गण्डकी प्रदेशमा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । बाग्लुङको बाग्लुङ नगरपालिका वडा नम्बर १३ घर भएकी ४८ वर्षीय महिलाको कुश्मा नगरपालिका वडा नम्बर ५ मा पछिल्लो पटक कोरोना संक्रमणबाट आइतबार साँझ ७ बजेको समयमा ज्यान गएको हो । मृतक महिलालाई गत जेठ २ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनी मधुमेह रोगबाट समेत ग्रसित थिइन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ५१ पुगेको छ ।