विराटनगर । कोरोना संक्रमणका कारण आठ वर्षीय बालिकाको मृत्यु भएको छ ।
विराटनगरको विराट मेडिकल कलेजले डिस्चार्ज दिएपछि घर फर्काउँदै गर्दा संक्रमित आठ वर्षीय बालिकाको बाटोमै मृत्यु भएको हो ।
इलामको सुर्योदय नगरपालिका– १२ की ८ वर्षीय बालिकाको दुईवटै मृगौलाले काम गर्न छाडेकाे थियाे ।
४ दिन अघि कोरोना पोजिटिभ पुष्टि भएकी बालिकलाइ उपचार गर्दा अवस्था सुधार नदेखिएपछि अस्पतालले शुक्रबार डिस्चार्ज दिएकाे थियाे । थप उपचारका लागि काठमाडाैं लैजाने बताएपछि डिस्चार्ज दिइएकाे विराट मेडिकल कलेज आइसाेलेसन इञ्चार्ज सुनिल देवले जानकारी दिए । तर आफन्तले घर लिएर गएका थिए ।
राति घर लैजादै गर्दा बाटोमै मृत्यु भएको जानकारी आफुले पाएको सूर्याेदय नगरपालिकाका स्वास्थ्य शाखामा कार्यरत हेल्थ अष्स्टिेन्ट धनराज यादवले जानकारी दिए ।