पोखरामा थप १ जनालाई कोरोना पुष्टि

पोखरा । पोखरामा १ सहित गण्डकी प्रदेशमा थप ५६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा प्रदेशमा थप ५६ जनालाई संक्रमण पुष्टि भएको हो ।

पोखराका १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । महानगरपालिका अन्तरगत वडा नम्बर ९ का ७७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

नवलपरासी (ब.सु.पू) का ३१ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको गैंडाकोटका हुन् ।

स्याङ्जाका थप २२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको चापाकोट नगरपालिकाका हुन् ।

म्याग्दीमा २ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको मंगला का २ जनालाई संक्रमण पुष्टि भएको हो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ हजार ६ सय ३३ पुगेको छ ।

कमेन्टहरु
Loading...