पोखरामा थप ३० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि

पोखरा । पोखरामा थप ३० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखराका थप ३० जनालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २५, २७ तथा ३० वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर २ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार सो वडाका ३२ तथा ४७ वर्षीय २ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

पोखराको ५ नम्बर वडाका १ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २९ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ७ का २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित २ जना २२ र ५२ वर्षीय महिला हुन् ।

वडा नम्बर ८ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ५ वर्षीय बालिका तथा ३२ वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा ९ का ६ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका १ पुरुष तथा ५ जना महिलालाई संक्रमण पुष्टि भएको हो । संक्रमित २४ वर्षीय पुरुष सहित २२, २४, २५, २६ तथा ३५ वर्षीय महिला हुन् ।

पोखरा ११ की १ महिलालाई संक्रमण पुष्टि भएको छ । उनी ३२ वर्षीय महिला हुन् ।

वडा नम्बर १६ का ४ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २ महिला तथा २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमित १४ वर्षीय किशोरी तथा २० वर्षीय महिला रहेका छन् । त्यस्तै वडाका ३७ र ४७ वर्षीय पुरुषलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा १७ का २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित ३७ र ४८ वर्षीय पुरुष हुन् ।

वडा नम्बर १९ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३० वर्षीय महिला तथा ४४ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा २२ का १ महिलालाई संक्रमण पुष्टि भएको छ । उनी ४३ वर्षीय महिला हुन् ।

२७ नम्बर वडाका १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित ३० वर्षीय पुरुष रहेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर २९ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित सो वडाका २०, ३४ तथा ३७ वर्षीय पुरुष हुन् ।

संक्रमितमध्ये पोखरा २९ का ३४ वर्षीय पुरुष ग्रीन पास्चर अस्पतालमा उपचाररत रहेका छन् । त्यस्तै पोखराका वडा नम्बर ११, १६, २२, ९, ७, २७ र २ का ३२, २०, २५, २४, ३५, २६, २२, ३२, ५, ५२, २२, ४७ र ३२ वर्षीय महिलाहरु सहित २४, २९ र ३० वर्षीय पुरुषहरुको पोखराको गण्डकी मेडिकल कलेजबाट नमुना संकलन गरे पश्चात कोरोना परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको हो ।

त्यस्तै पोखरा २९, १९ र १६ का संक्रमितहरु भारतबाट आएका हुन् ।

यता तनहुँका २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको शुक्लागण्डकी तथा बन्दीपुरका हुन् । शुक्लागण्डकीकाम १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित २६ वर्षीय पुरुष हुन् । उनी सो नगरपालिका अन्तरगत कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

त्यस्तै जिल्लाको बन्दीपुर १ का ५३ वर्षीय पुरुषलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । ५३ वर्षीय पुरुषको पोखरास्थित चरक मेमोरियल अस्पतालबाट नमुना संकलन गरिएको निर्देशनालयले जानकारी दिएको छ ।

गोरखामा ९ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको गोरखा नगरपालिकाका हुन् । जसमध्ये १ जना नेपाल आर्मी तथा ३ जना नेपाल प्रहरी समेत रहेका छन् ।

नवलपरासीका (ब.सु.पू) ५ जनालाई संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र तथा चितवन मेडिकल कलेजमा गरिएको परीक्षणका क्रममा जिल्लामा ५ जनालाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु जिल्लाको गैंडाकोट, विनयत्रिवेणी, देवचुली तथा कावासोतीका हुन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५ हजार ५ सय ४७ पुगेको छ ।

कमेन्टहरु
Loading...