भागेका कोरोना संक्रमित कैदी २१ दिनपछि पक्राउ

जनकपुरधाम । अस्पतालबाट भागेका कोरोना संक्रमित कैदी २१ दिनपछि पक्राउ परेका छन् । सिरहाको लहान नगरपालिका वडा नम्बर १३ का कोरोना संक्रमित कैदी रविन्द्र यादव २१ दिनपछि पक्राउ परेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षकले जानकारी दिए।

गत साउन २५ गते चोरी मुद्दामा पक्राउ परेका यादवलाई जिल्ला अदालत सिरहाले कारागार चलान गरेकोमा साउन २५ गते कोरोना परीक्षणको लागि स्वाब संकलन गर्दा २८ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

सिरहा धनगढीमाई नगरपालिका वडा नम्बर ११ स्थित रहेको महेन्द्र गेनाई आइसोलेशनमा राखी उपचार भइरहेकोमा भदौ ९ गते यादव सौचालयको झ्यालबाट हामफाली भागेका थिए ।

भागेको २१ दिन पछि शुक्रवार यादवलाई लहान नगरपालिका वडा नम्बर १९ छरापटी बलामबाट सादा पोशाकमा खटेको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दियो ।

कमेन्टहरु
Loading...