डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले कोलकातालाई ८ विकेटले हराएको

 

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत गएरातिको खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । अबुधाबीमा गएराति भएको खेलमा कोलकाताले मुम्बईसामु १ सय ४९ रनको लक्ष्य दिएको थियो । मुम्बईले सो लक्ष्य १६।५ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।

 

 

मुम्बईको जितमा क्विन्टन डि ककले नटआउट ७८ रन बनाए । यस्तै रोहित शर्माले ३५, सूर्यकुमार यादवले १० र हार्दिक पाण्ड्याले २१ रन बनाए । हार्दिक नटआउट रहे । बलिङतर्फ वरुण चक्रवर्ती र शिवम माभीले १–१ विकेट लिए ।

 

 

यसअघि अबुधाबीको जायद स्टेडियममा टस जितेर पहिले ब्याटिङ गर्दै कोलकाताले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४८ रन बनाएको थियो ।

 

 

कोलकाताको लागि पेट कमन्सिनले नटआउट ५३ रन बनाए । दिनेश कार्तिकले कप्तान छाडेपछि टिमको नेतृत्व गरेका इयान मोर्गानले नटआउट ३९ रन बनाए ।

 

 

ओपनर राहुल त्रिपाठी ७ रनमा आउट भए । यस्तै शुभम गिलले २१ रन बनाए । नितिश राना ५ रनमा आउट भए । कप्तानी छाडेका दिनेश कार्तिक पनि क्रिजमा टिकेनन् । उनले ४ रनमात्र बनाउन सके । आन्द्रे रसेलले १२ रन बनाए ।

 

 

बलिङतर्फ राहुल चहारले २ विकेट लिए ।

कमेन्टहरु
Loading...