पोखरा । कोरोना संक्रमण पुष्टि भएपनि खुल्ला रुपमा हिडेकाहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीले सचेत गराएको छ ।
जिल्ला प्रशासन कार्यलय कास्कीले संक्रमितहरुलाई खुल्ला रुपमा नहिड्न र अनिवार्य होम आइसोलेशनमा बस्न आग्रह गर्दै आदेशलाई अवज्ञा गर्ने र गराउनेलाई कारबाहीको चेतावनी समेत दिएको ।
गन्थन डटकमले शुक्रवार ‘पोखरामा गलत बिबरण टिपाएका सात कोरोना संक्रमित फरार‘ शिर्षकमा पोखरा महानगरबाट स्वाब परिक्षण गरेर पोजेटिभ रिपोर्ट आएकाहरु मध्ये ७ जनाले गलत बिबरण टिपाएको फरार भएको समाचार प्रकाशन गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालद्धारा जारी सूचनामा आदेश अवज्ञा गरेमा संक्रामक रोग ऐन २०२० र अन्य प्रचलित कानुन अनुसार कारबाही गरिने जनाइएको छ ।