पोखरामा गलत बिबरण टिपाएका सात कोरोना संक्रमित फरार

पोखरा/पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको अबस्थामा कास्की जिल्लामा पनि संक्रिय संक्रमितको संख्या पाँच सय कटेको छ । भने पोखरा महानगरमा नै ९० प्रतिशत भन्दा बढि संक्रमित रहेका छन् । अहिलेसम्म महानगरबाट स्वाब परिक्षण गरेर पोजेटिभ रिपोर्ट आएकाहरु मध्ये ७ जनाले गलत बिबरण टिपाएको कारण ति संक्रमितहरु सम्पर्कमा नआएको पोखरा महानगरपालिका स्वास्थ्य शाखाका एक कर्मचारीले बताए ।

ति कर्मचारीका अनुसार उनीहरु धेरै भारत र तराईतिरबाट आएकाहरुरहेका हुन् । ति कर्मचारीले गन्थनसँग भने –‘संक्रमितहरुले गलत सुचना टिपाएका कारण उनीहरुसँग संम्पर्क हुन सकेन । त्यहि कारण कोरोना समुदायमा पुग्ने खतरा बढेर गयो । ’ संक्रमितहरुले गलत सुचना टिपाउदा यतिबेला पोखरा महानगरपालिकाको स्वास्थ्य शाखा हैरानीमा छ ।
ति कर्मचारीले समाजमा लक्षण देखिएका कोहि भेटिए महानगरलाई खवर गर्न आग्रह समेत गरेका छन् ।

यद्यपी सरकारले भने गलत सुचना दिएर संक्रमित आइसोलेसन नबसी हिडेको थाह पाएको खण्डमा छ महिनासम्म जेल सजाय हुने ब्यबस्था गरेको छ ।

कमेन्टहरु
Loading...