पोखरा । पोखरामा थप २७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप २७ जनालाई कोरोना पुष्टि भएको हो ।
पोखरा १ का २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित ३२ र ७१ वर्षीय पुरुष हुन् ।
पोखरा २ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाको ३५ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ३ का १ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ३० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको हो ।
पोखरा ४ का २ जनालाई संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार सो वडाका ३५ र ३८ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ५ की १ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाकी १६ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो ।
पोखरा ७ की २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । २२ तथा ४८ वर्षीय महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ८ का २ जनालाई संक्रमण भएको छ । संक्रमित ४२ तथा ५२ वर्षीय महिला हुन् ।
९ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २३ वर्षीय पुरुष तथा २५ वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । त्यस्तै पोखरा १० का ३५ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
पोखरा ११ का १ महिला र १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । सो वडाका २४ वर्षीय महिला तथा ३२ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा १२ का ३२ वर्षीय, १३ का २४ वर्षीय तथा १४ का ३१ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
पोखरा १७ का ४ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ३ पुरुष तथा १ महिलालाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु २३, ३५ र ४६ वर्षीय पुरुष तथा २२ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको छ ।
पोखरा २० का ४२ वर्षीय तथा २८ का ७० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । यता पोखरा ११ का ९ महिने १ बालकलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरामा नै ३६ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनी कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।
आज बिहान समेत पोखरामा २० जनालाई संक्रमण पुष्टि भएको थियो ।
स्याङ्जाका १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी सो जिल्लाको हरिनास गाउँपालिका वडा नम्बर ६ का १८ वर्षीय पुरुष हुन् ।
म्याग्दीमा १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित सो जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ का ४४ वर्षीय पुरुष हुन् ।
यता लमजुङका १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित सो जिल्लाको मध्यनेपाल ४ का ५८ वर्षीय पुरुष रहेका छन् ।
संक्रमित सबै जना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकबाट पहिचान भएका हुन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ हजार ५ सय १ पुगेको छ ।