पोखराको मणिपालमा कोरोना संक्रमितको ज्यान गयो, गण्डकी प्रदेशमा थप ३७ जनालाई संक्रमण पुष्टि

पोखरा । पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार गराइरहेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट बिहीबार राति साढे ११ बजे ज्यान गएको हो ।

बाग्लुङ ढोरपाटन नगरपालिका वडा नम्बर ७ का उनलाई असोज २७ गते कोरोना पुष्टि भएको थियो । असोज २५ गते अस्पताल भर्ना भएका उनका स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनी सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत रहेका थिए । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबा ज्यान गुमाउनेको कुल संख्या ४८ पुगेको छ ।

यता पोखरामा थप १ जनालाई कोरोना पुष्टि भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २५ का २७ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उनी पोखराको मट्रोसिटी अस्पतालमा चिकित्सकका रुपमा कार्यरत रहेका छन् ।

पर्वतमा १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर ५ की ३८ वर्षीय महिलालाई कोरोना पुष्टि भएको हो । उनी मेट्रोसिटी अस्पताल पोखरामा उपचाररत रहेकी छिन् ।

स्याङ्जाका ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको पुतलीबजार नगरपालिका तथा कालीगण्डकी गाउँपालिकाका हुन् । पुतलीबजार २ का २४ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । त्यस्तै कालीगण्डकी गाउँपालिकाका ४१ र ४८ वर्षीय पुरुष तथा ४० वर्षीय महिलालाई संक्रमण पुष्टि भएको छ । उनीहरु गाउँपालिका अन्तरगत कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

लमजुङमा ४ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित बेसीसहर ७ का ३१ वर्षीय, ८ का १८ वर्षीय, राइनास ५ का ४१ वर्षीय तथा सुन्दरबजार ७ का ४८ वर्षीय पुरुष हुन् ।

गोरखामा ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको भीमसेनका २ जना, आरुघाटका ७ जना रहेका छन् ।

बाग्लुङका २ जनालाई कोरोना पुष्टि भएको छ । संक्रमित जिल्लाको बाग्लुङ नगरपालिकाका हुन् ।

नवलपरासी (ब.सु.पू) का १६ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको मध्यविन्दुका हुन् ।

कमेन्टहरु
Loading...