पोखरा । गण्डकी प्रदेशमा सक्रिय संक्रमतिको संख्या १ हजार ८ सय २१ पुगेको छ । प्रदेशमा कूल संक्रमितको संख्या ५ हजार ३ सय ५६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।
प्रदेशमा हालसम्म ७९ हजार ३ सय २ जनाको कोरोना परीक्षण गरिएको थियो । संक्रमितमध्ये ३ हजार ४ सय ८८ जना निको भएका छन् । प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ४७ जनाको ज्यान गएको निर्देशनालयले जनाएको छ । रासस