रोनाल्डोलाई पछि पार्दै नेमार

पाेखरा । ब्राजिलका वर्तमान स्टार नेमारले पूर्व स्टार रोनाल्डोलाई पछि परेका छन् । बुधबार बिहान भएको पेरुविरुद्धको खेलमा ह्याट्रिक गरेसँगै नेमार रोनाल्डोलाई उछिन्दै ब्राजिलका लागि सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी बनेका छन् ।

२८ वर्षीय नेयमारले ब्राजिलका लागि १०३ खेलमा ६४ गोल गरेका छन् । यता ब्राजिलको राष्ट्रिय टोलीका लागि १७ वर्ष बिताएका रोनाल्डोले भने ९८ खेलमा ६२ गोल गरेका छन् । रोनाल्डोले ब्राजिलका लागि दुई विश्वकप, दुई कोपा अमेरिका र एक कन्फिडेरेसन कप जितेका थिए ।

नेमारभन्दा अघि लिजेन्ड पेले छन् । तीन पटकका विश्वकप विजेता पेलेले ९२ खेलमा ७७ गोल गरेका छन् । नेमार पेलेभन्दा १३ गोल मात्र पछि रहेकाले उनले पेलेको रोकर्ड तोड्न सक्ने छन् ।

महान ब्राजिलियन गोलकिपर ताफरेलले नेयमार सुपरस्टार खेलाडी भएको र उनले ब्राजिलका लागि छैटौं विश्वकपको उपाधि जिताउने विश्वास व्यक्त गरेका छन् ।

उनले भनेका छन्,‘नेयमार एक राम्रा खेलाडी हुन् । उनको खेल निकै सुन्दर छ, उनीसँग अविश्वसनीय ड्रिब्लिङ गर्ने क्षमता छ । साथै उत्कृष्ट गोल गर्न पनि सक्षम छन् । उनले कतार विश्वकपमा ब्राजिलले विश्वकप जिते त्यसमा नेमारको भूमिका महत्वपूर्ण हुने उनले बताएका छन् ।

कमेन्टहरु
Loading...