पोखरा । पोखरामा थप ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखराका थप ३६ जनालाई संक्रमण पुष्टि भएको हो ।
१ जना उमेर नखुलेको सहित २ जना महिलालाई संक्रमण पुष्टि भएको छ । संक्रमित २५ तथा ५२ वर्षीय महिला समेत रहेका छन् । उनीहरु पोखराको कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।
त्यस्तै पोखरा २ का ३४ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ४ का ३ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ । सो वडाका २५, २७ र २८ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा ५ का २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित ५ वर्षीय बालिका तथा ३३ वर्षीय महिला हुन् ।
पोखरा ७ का ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सो वडाको ३०, ३८, ४७ र ५० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको हो ।
निर्देशनालयका अनुसार वडा नम्बर ८ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ३७ तथा ५८ वर्षीय पुरुष रहेका छन् । त्यस्तै सोही वडाकी ३१ वर्षीय महिलालाई समेत संक्रमण पुष्टि भएको छ ।
पोखरा ९ का ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २४ वर्षीय २ जना, २८, २९, ३५ र ४० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर १० का ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २२, ३६ तथा ५२ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो । पोखरा ११ का ६४ वर्षीय १ जना पुरुषलाई समेत संक्रमण पुष्टि भएको छ ।
पोखरा १३ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २७ वर्षीय महिला तथा ५८ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १७ का ६ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४ जना पुरुष तथा २ जना महिला रहेका छन् । सो वडाका ३२, ३८, ४१ तथा ६० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो भने २७ र २८ वर्षीय महिलालाई समेत संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पोखरा २६ का २३ वर्षीय तथा ३२ का ३२ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
लमजुङका १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित ६९ वर्षीय पुरुष हुन् । उनी जिल्लाको कुन गाउँपालिका तथा नगरपालिकाका हुन् भन्ने खुलेको छैन ।
तनहुँमा १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित ५९ वर्षीय महिला हुन् । उनी जिल्लाको आँबुखैरेनी वडा नम्बर ६ को रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
यता म्याग्दीमा पनि १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको बेनी नगरपालिका वडा नम्बर ३ का ३२ वर्षीय पुरुष हुन् ।
स्याङ्जाका २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर २ का ४० वर्षीय तथा पुरा ठेगाना नखुलेको ३४ वर्षीय अर्का १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
बाग्लुङका १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी ६१ वर्षीय पुरुष हुन् । संक्रमित पुरुष जिल्लाको कुन गाउँपालिका वा नगरपालिकाका हुन् भन्ने खुलेको छैन । संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट पहिचान भएका हुन् । सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ हजार १ सय ७६ पुगेको छ ।