गण्डकी प्रदेशमा थप १० जनालाई कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा नवलपरासी (ब.सु.पू) का ६ जना रहेका छन् । विपी कोइराला स्मृति क्यान्सर अस्पतालमा गरिएको परीक्षणका क्रममा जिल्लाका ३ जनालाई संक्रमण पुष्टि भएको हो । संक्रमित जिल्लाको गैंडाकोटका हुन् ।

त्यस्तै भरतपुर अस्पताल तथा चितवन मेडिकल कलेजमा गरिएको परीक्षणका क्रममा सोही जिल्लाका ३ जनालाई संक्रमण पुष्टि भएको छ । उनीहरु कावासोती, देवचुली तथा गैंडाकोटका हुन् ।

विपी कोइराला स्मृति क्यान्सर अस्पताल तथा चितवन मेडिकल कलेजमा गरिएको परीक्षणका क्रममा तनहुँका २ जनालाई कोरोना पुष्टि भएको छ । उनी जिल्लाको देवघाट तथा आँबुखैरेनीका हुन् ।

चितवन मेडिकल कलेजमा गरिएको परीक्षणका क्रममा स्याङ्जाका १ जनालाई कोरोना पुष्टि भएको छ । संक्रमित जिल्लाको कालीगण्डकी गाउँपालिकाका हुन् ।

सोही मेडिकल कलेजमा गरिएको परीक्षणका क्रममा लमजुङका १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको मध्यनेपालका हुन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५ हजार १ सय २७ पुगेको छ ।

कमेन्टहरु
Loading...