आइपिएलमा चेन्नाईको तेस्रो जित

काठमाडौं । चेन्नाई सुपर किंग्सले इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा तेस्रो जित हात पारेको छ । दुबईमा मंगलबार भएको खेल अन्तर्गत महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नाई सुपर किंग्स विजयी भएको छ । चेन्नाईले सनराइजर्स हैदराबादलाई २० रनले पराजित गरेको हो । हैदरावादको यो पाँचौं हार हो ।

 

चेन्नाईले पहिले ब्याटिङ गर्दै हैदरावादसामु १ सय ६८ रनको चुनौती पेश गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो । हैदरावादका लागि केन विलियम्सनले ५७ रन बनाए पनि जित दिलाउन सकेनन् ।

१६८ रनको लक्ष्य पछ्याएको हैदराबादले ८ विकेटको क्षतिमा १४७ रन मात्रै बनाउन सक्यो । उसका लागि केन विलियम्सनले ३९ बलमा ५७ तथा जोनी बाइर्स्टोले २४ बलमा २३ रन बनाए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको चेन्नाईले ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो । उसका लागि शेन वाट्सनले ३८ बलमा ४२, अम्बाती रायडूले ३४ बलमा ४१, साम करेनले २१ बलमा ३१ तथा रवीन्द्र जडेजाले १० बलमा नटआउट २५ रन बनाए ।

कमेन्टहरु
Loading...