ओम हस्पिटलमा कार्यरत स्वास्थ्यकर्मी सहित पोखरामा थप २ जनालाई कोरोना पुष्टि

पोखरा । पोखरामा २ सहित गण्डकी प्रदेशमा १६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ७ की २९ तथा वडा नम्बर १७ की १९ वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ वर्षीय महिला पोखराको ओम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेकी छिन् ।

पोखरामा आज बिहान पनि २१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

लमजुङमा २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको राइनासका हुन् । राइनास अन्तरगत वडा नम्बर ६ का २१ वर्षीय पुरुष तथा वडा नम्बर ७ की ३९ वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । वडा नम्बर ७ की महिला स्वास्थ्यकर्मी हुन् । उनी जिल्लाको सहोदर अस्पतालमा कार्यरत छिन् ।

बाग्लुङमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी वीरगञ्जबाट आएका हुन् ।

गोरखामा ११ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको आरुघाट ८ का ३२ वर्षीय पुरुष, ९ का ३० वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । त्यस्तै सहीद लखन ७ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित २८, ४५ र ४७ वर्षीय पुरुष हुन् ।

बारपाक सुलिकोट ४ का २ जनालाई संक्रमण पुष्टि भएको छ । उनीहरु २० वर्षीय २ जना पुरुष हुन् । पालुङटारका २३ वर्षीय १ जना पुरुषलाई समेत संक्रमण पुष्टि भएको छ । यस्तै गोरखा ४ का ३० वर्षीय महिला तथा वडा नम्बर ६ का २४ वर्षीय महिला र ५२ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमित सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार ७ सय ६९ पुगेको छ ।

कमेन्टहरु
Loading...