पोखरा । पोखरामा थप ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ६ जनालाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर २ का ६२ वर्षीय पुरुष, वडा नम्बर ४ का २१ वर्षीय महिला, वडा नम्बर १४ का ७७ वर्षीय वृद्ध, १५ का ५१ वर्षीय पुरुष तथा वडा नम्बर १९ का २३ र ४८ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । वडा नम्बर १९ का २३ वर्षीय पुरुष बाहेक अन्य संक्रमित पोखराको फेवासिटी हस्पिटलमा उपचारका लागि पुगेका थिए ।
म्याग्दीका १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको बेनी नगरपालिकाकी ५४ वर्षीय महिला हुन् । उनी कति नम्बर वडाकी हुन् भन्ने खुलेको छैन । उनी समेत पोखराको फेवासिटी अस्पतालमा उपचारका लागि पुगेकी थिइन् ।
लमजुङमा १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको सुन्दरबजार नगरपालिका वडा नम्बर १ का ४९ वर्षीय पुरुष हुन् ।
नवलपरासी (ब.सु.पू) मा २३ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको गैंडाकोटका हुन् । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार ६ सय ७९ पुगेको छ ।