तनहुँमा प्रभु तथा माछापुच्छ«े बैंकमा कार्यरत कर्मचारी सहित कैदीलाई कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप १७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणका क्रममा तनहुँका १७ जनालाई संक्रमण पुष्टि भएको हो ।

संक्रमित जिल्लाको ब्यास तथा शुक्लागण्डकी नगरपालिकाका हुन् । ब्यास नगरपालिका वडा नम्बर १ की २९ वर्षीय महिला तथा ३३ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । वडा नम्बर २ का १ महिला तथा ५ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २१ वर्षीय महिला सहित २६ वर्षीय, २७ वर्षीय २ जना, २८ तथा २९ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै वडा नम्बर ३ का १ महिला सहित ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । ३८ वर्षीय महिला सहित २६, ४३ र ५१ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ४ का २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित ३८ वर्षीय २ जना महिला हुन् । त्यस्तै वडा नम्बर ५ का २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित ३८ र ४० वर्षीय महिला हुन् ।

ब्यास २ का ३ जना पुरुष र १ जना महिला, १ का १ महिला तथा १ जना पुरुष र ब्यास ४ का १ जना महिला गरेर ८ जना प्रभु बैंक ब्यास तनहुँमा कार्यरत रहेका छन् । त्यस्तै ब्यास २ का २८ वर्षीय पुरुष माछापुच्छ«े बैंकमा कार्यरत रहेका छन् ।

यता शुक्लागण्डकी नगरपालिकाका १ जनालाई संक्रमण पुष्टि भएको छ । नगरपालिका अन्तरगत वडा नम्बर ७ का ३४ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो । उनी त्यहाँको कारागारमा रहेका कैदी हुन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार ६ सय १७ पुगेको छ ।

कमेन्टहरु
Loading...