पोखरा । पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर ८ का ७८ वर्षीय वृद्धको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा कोरोना भाइरस संक्रमणबाट ज्यान गएको हो । उनलाई विगत ३ दिनदेखि ज्वरो, रुघाखोकी तथा झाडापखालाको समस्या देखिएको थियो ।
यस्तै पोखरामा थप ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा ३ की ५० वर्षीय १ जना महिला, वडा नम्बर ४ का ३७ वर्षीय पुरुष, ११ का ५५ वर्षीय पुरुष, १२ का ३७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर १४ का ४० र ४३ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पोखरा १७ का ४५ तथा १८ का २२ वर्षीय पुरुषलाई समेत संक्रमण पुष्टि भएको छ ।
आज बिहान समेत पोखरामा २४ जनालाई संक्रमण पुष्टि भएको थियो ।
यता स्याङ्जा थप २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको वालिङ नगरपालिकाका हुन् । नगरपालिका अन्तरगत वडा नम्बर ११ का २० वर्षीय तथा १४ का २१ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । वडा नम्बर ११ का पुरुष भारतबाट आएका हुन् ।
बाग्लुङमा १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी जिल्लाको बरेङ ४ का १७ वर्षीय पुरुष हुन् । संक्रमित पुरुष भारतबाट आएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
गोरखामा १५ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको गोरखा नगरपालिका वडा नम्बर ६ का १५ जनालाई संक्रमण पुष्टि भएको हो । संक्रमित सबै पुरुष हुन् ।
तनहुँमा थप ११ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको शुक्लागण्डकी तथा बन्दीपुरका ११ जनालाई संक्रमण पुष्टि भएको. हो ।
यता म्याग्दीमा १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित मालिका ५ की ३५ वर्षीय महिला हुन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार ५ सय ७२ पुगेको छ ।