विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना कोरोना संक्रमितको निधन

पोखरा । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना कोरोना भाइरस संक्रमितको ज्यान गएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का ६८ वर्षीय तथा दुहवी नगरपालिकाका ५२ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट उपचारका क्रममा प्रतिष्ठानमा ज्यान गएको हो ।

असोज २० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको इटहरी उपमहानगरपालिकाका पुरुषको बिहीबार राति साढे १२ ज्यान गएको हो । विभिन्न दीर्घ रोगबाट ग्रसित उनी २२ गते कोभिड अस्पताल भर्ना भएका थिए ।

यस्तै किड्नीको समस्याबाट ग्रसित दुहबी नगरपालिकाका मृतकलाई असोज १२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनी सोही दिन अस्पताल भर्ना भएका थिए । उनको पनि बिहीबार राति नै २ बजे ज्यान गएको हो ।

कमेन्टहरु
Loading...