पोखरामा ५ सहित गण्डकी प्रदेशमा ३७ जना संक्रमित थपिए

पोखरा । पोखरामा ५ सहित गण्डकी प्रदेशमा थप ३७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा प्रदेशमा थप ३७ जनालाई संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु पोखरा महानगरपालिका वडा नम्बर ४ का २६ वर्षीय तथा वडा नम्बर ६ का २५ वर्षीय १/१ जना पुरुष रहेका छन् । त्यस्तै पोखरा १० का ३७ वर्षीय पुरुषलाई समेत संक्रमण पुष्टि भएको छ । पोखरा १७ का ४० र ४३ वर्षीय पुरुषलाई समेत संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

यता तनहुँमा १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको ब्यास नगरपालिकाका हुन् । नगरपालिलका अन्तरगत वडा नम्बर २ का ४५ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो ।

बाग्लुङका १२ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित गलकोट नगरपालिकाका हुन् । नगरपालिका अन्तरगत वडा नम्बर ३ का ३० वर्षीय पुरुष, वडा नम्बर ४ का ११ र १४ वर्षीय किशोरी, वडा नम्बर ५ का २० वर्षीय २ सहित २२, २५ तथा ३४ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । त्यस्तै वडा नम्बर ६ का ५२ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । सोही नगरपालिका ६० वर्षीय १ जना महिला सहित २५ र २७ वर्षीय पुरुषलाई समेत संक्रमण पुष्टि भएको छ । उनीहरु कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

नवलपरासीका थप १९ जनालाई संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा जिल्लामा थप १९ जनालाई संक्रमण पुष्टि भएको हो । संक्रमित कावासोती, विनयत्रिवेणी तथा देवचुलीका हुन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार ४ सय ४७ पुगेको छ ।

कमेन्टहरु
Loading...