रुपन्देहीमा कोरोनाबाट वडा सदस्यको निधन

रुपन्देही । कोरोना भाइरस संक्रमणबाट रुपन्देहीमा १ जना वडा सदस्यको ज्यान गएको छ ।

जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य इन्जिनियर सुवोध तुलाचनको भैरहवास्थित युनिर्भसल मेडिकल कलेजमा कोरोना भाइरस संक्रमणबाट बुधबार राति १० बजेर ५ मिनेट जाँदा ज्यान गएको हो ।

उनलाई निमोनियाको समस्या सहित रगतमा खराबी समेत थियो । साथै उनको कलेजो समेत पूर्ण रुपमा खराब भइसकेको अस्पताल स्रोतले जानकारी दिएको छ । ४७ वर्षीय तुलाचन काग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा नै बसेका उनलाई असोज १४ गते बेहोस भए पछि अस्पताल भर्ना गरिएको थियो । उनको प्लाज्मा थेरापीबाट समेत उपचार गरिएको थियो ।

कमेन्टहरु
Loading...