विराटनगर । विराटनगरमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको ज्यान गएको छ । विराटनगर महानगरपालिका ५ का ८२ वर्षीय वृद्धको आज बिहान साढे ६ बजे होम आइसोलेसनमा नै ज्यान गएको हो ।
कोरोना भाइरससंग मिल्दो श्वासप्रश्वासमा समस्या, ज्वरो आउने लगायतका लक्षण देखिएपछि असोज १७ गते उनको स्वाब संकलन गरेर परीक्षण गर्न पठाइएकोमा १९ गते उनको रिर्पोट पोजेटिभ आएको थियो ।
कोरोना भाइरस संक्रमण पुष्टि भए पछि उनी होम आइसोलेसनमा बसेका थिए ।