नुवाकोट । काग्रेस नेता जगदीश्वर नरसिंह केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काग्रेस नुवाकोटका पार्टी सभापति समेत रहेका केसीलाई कोरोना संक्रमण पुष्टि भएको रिर्पोट मंगलबार आएको थियो । संक्रमण पुष्टि भए पछि उनी अहिले होम आइसोलेसनमा बसेका छन् । केसीका दाजु तथा कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीलाई कोराना भाइरस संक्रमण पुष्टि भएपछि उनी कन्ट्याक्ट ट्रेसिङमा परेका थिए ।
