पोखरा । पोखरामा ३ सहित गण्डकी प्रदेशमा थप ३७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा थप ३७ जनालाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १६ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ३३ र ३५ वर्षीय २ जना महिला तथा ५२ वर्षीय १ जना पुरुष रहेका छन् ।
आज बिहान पनि पोखरामा १ जनालाई संक्रमण पुष्टि भएको थियो ।
लमजुङमा २ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको राइनासमा २३ र २५ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । २५ वर्षीय पुरुष जिल्लाको सहोदर अस्पतालका स्वास्थ्यकर्मी हुन् ।
बाग्लुङका ३२ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित बाग्लुङ नगरपालिका तथा काठेखोलाका रहेका छन् । बाग्लुङ २ का २७ जना नेपाली सेना तथा १ जना नेपाल प्रहरीमा कार्यरत रहेका छन् । त्यस्तै काठेखोलाका सबै जना भारतबाट आएका हुन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार ३ सय ६७ पुगेको छ ।