लमजुङ । बोलेरो जीपको ठक्करबाट लमजुङमा १ वृद्धाको ज्यान गएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिका ६ ठुलीबेसीमा बोेलेर जीपले ठक्कर दिँदा पैदलयात्री ७० वर्षीय वृद्धाको ज्यान गएको हो ।
मंगलवार बिहान गाउँबाट सदरमुकाम बेसीसहर आउँदै गरेको ग २ च ९११७ नम्बरको जीपले ठक्कर दिँदा गम्भीर घाइते वृद्धालाई उपचारको लागि जिल्ला सामुदायिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले जानकारी दिएका छन् । जीप र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।