पोखरा । कलाकार हरिवंश आचार्य र धर्मपत्नी रमिला आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कलाकार आचार्यले आफ्नो फेसबुकमार्फत सो कुराको जानकारी गराएका हुन् ।
‘सामान्य लक्षण देखिएकोले हिजो मेरो र मेरो श्रीमती रमिलाको PCR Test गरेका थियौं । हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो । हाम्रो स्वास्थ्य अवस्था सामान्य छ । हामीसंग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला ।यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं। कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं ।’, उनले आफ्नो फेसबुकमा लेखेका छन् ।