नवलपरासी । हात्तीको आक्रमणबाट नवलपरासीमा एक माउतेको ज्यान गएको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका वडा नं–१२ मा रहेको आइल्यान्ड जंगल रिसोर्टमा हात्तीले आक्रमण गर्दा वडा नं १० का ५६ वर्षीय माउते लोकबहादुर खजुवारको मृत्यु भएको हो।
रिसोर्टमा पालिएको निजी हात्तीलाई पानी खुवाउन लैजाने क्रममा उनलाई हात्तीले आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट घाइते भएका उनको चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा साेमबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको प्रहरी प्रवक्ताले जानकारी दिएको छन् ।