पोखरा । गण्डकी प्रदेशमा थप १८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा गण्डकी प्रदेशमा थप १८ जनालाई संक्रमण पुष्टि भएको हो ।
प्रदेशको गोरखा जिल्लामा १८ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको गोरखा नगरपालिका वडा नम्बर ११ मा कार्यरत ८ जना प्रहरीलाई संक्रमण पुष्टि भएको छ । संक्रमित प्रहरी वडा प्रहरी कार्यालय १२ किलोमा कार्यरत रहेका छन् ।
त्यस्तै सोही वडाका ३ तथा १२ वर्षीय २ जना बालक, २२ र ५८ वर्षीय २ जना पुरुष तथा २५ र ४१ वर्षीय २ जना महिलालाई संक्रमण पुष्टि भएको छ । ३ तथा १२ वर्षीय बालक वडा प्रहरी कार्यालयमा कार्यरत २ जना महिला प्रहरीका छोराहरु हुन् ।
त्यस्तै वडा नम्बर १० का ३० वर्षीय तथा १४ का ४४ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनीहरु प्रहरी हिरासतमा रहेका कैदी हुन् । अर्का १ जना ३३ वर्षीय पुरुषलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।
जिल्लाको पालुङटारका १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित पालुङटार ९ का ३३ वर्षीय पुरुष हुन् ।
संक्रमित सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइहरेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार २ सय ३१ पुगेको छ ।