सांसद अधिकारीको समन्वयमा कास्की क्षेत्र नं १ मा ८ सय ६ घर बन्दै

पोखरा । सरकारले कास्कीमा घर जनता आवास कार्यक्रम अन्तरगत घर बनाउने निर्णय गरेको छ ।

कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य खगराज अधिकारीको समन्वयमा ८ सय ६ वटा घर बन्ने भएको छ ।

पोखरा महानगरपालिकाका वडा नं १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ मा २ सय ३३ , रुपा गाउँपालिकामा ३ सय ७० र मादी गाउँपालिकामा २ सय ३ घर सरकारले निर्माण गर्नेछ ।

केन्द्रिय सुरक्षित नागरिक आवास समन्वय समितिको असार ५ गते बैठकले घर निर्माणका लागि स्थानिय तहले दश दिनभित्र सूचना जारी गरी आवश्यक कागजात र निवेदन माग गर्ने निर्णय गरेको छ ।

स्थानिय तहले छनौटका लागी लाभग्राहीको सर्भे समेत स्थानिय तहले गर्नेछन् ।

नेपाल सरकार स्वीकृत सुरक्षित नागरिक आवास कार्यन्वयन कार्यविधी , २०७५ को कार्यविधी दफा १६ ग अन्र्तगत सर्भे गरि लक्षित वर्ग र परिवारको सूची दफा ४ आधारमा लाभग्राही छनौंट गरि तत्काल संद्यिय आयोजना कार्यन्वयन इकाइमा कास्कीमा पठाउनु पर्नेछ ।

बाढि पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण घरबार विहिनलाई आवास निर्माणका लागी केन्द्रिय सुरक्षित नागरिक आवास समन्वय समितिलाई अनुरोध गर्न सकिनेछ।

कमेन्टहरु
Loading...