काठमाडौं । लोपउन्मुख जाती राउटे समुदायकी देवीका राउटे अभिनयको क्षेत्रमा पहिलो पटक मोडलिङमा प्रवेश गरेकी छन ।
गायिका टिका पुन र गायक नविन पौडेलको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ‘मदानी’ डिवि क्रियसन मार्फत सार्वजनिक भएको छ।
गीतमा युवा युवती विचको त्रिकोणात्मक प्रेमका भावलाई गीतमा समेटिएको छ ।
पहिलो पटक राउटे समुदायकी मोडल देविका राउटेको अभिनय तथा विशेष प्रस्तुती रहेकाले आमरुपमा दर्शक तथा स्रोतले मन पराउनेमा आफु आशावादी रहेको गीतका सर्जक देव बोहराले बताए ।
देव बोहराको शब्द तथा भेग श्रीपालीको लय सिर्जना गीतमा समेटिएको छ ।
अमित विश्वकर्माको छायाँकन , अनुप विश्वकर्माको सम्पादन तथा दिपक साउदको निर्देशनमा भिडियो निर्माण गरिएको छ ।
गीतको भिडियोमा देवकी राउटे र लोकेश कुवंरको अभिनय रहेको छ ।
[youtube https://www.youtube.com/watch?v=UHp8hep254Y]