चार विकेटले पन्जाब पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको रोमाञ्चक खेलमा राजस्थान रोयल्सले किङ्गस इलाभेन पन्जाबलाई ४ विकेटले हराएको छ । २२४ रनको कीर्तिमानी लक्ष्य पूरा गरेर राजस्थानले किंग्स इलाभेन पञ्जाबलाई चार विकेटले पराजित गरेको हो ।

पहिले ब्याटिङ्ग गरेको पञ्जाब मात्रै दुई विकेटको क्षतिमा २२३ रन बनाएर पनि हारबाट जोगिन सकेन । पञ्जाबका लागि मयंक अग्रवालले १०६ तथा कप्तान केएल राहुलले ६९ रनको योगदान दिएका थिए ।

१९।३ ओभरमा २ सय २६ रन बनाएको राजस्थानले आईपीएलमा लक्ष्य पछ्याउँदै सबैभन्दा ठूलो जित हासिलको नयाँ रेकर्ड बनायो । यो रकर्ड बनाउन सबैभन्दा अहम् ब्याट्समान बने राजस्थानका राहुल तेवतिया । उनले १८ औं ओभरमा पाँच छक्का प्रहार गरे ।

शारजहाँ मैदानमा गएराति पन्जाबले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २२३ रन बनाएको थियो । २२४ रनको लक्ष्य पछ्याएको राजस्थानले १९।३ ओभरमा ६ विकेटको क्षतिमा २२६ रन बनाएर जित हासिल गर्यो । आईपीएलको इतिहासकै ठूलो स्कोर बनाउँदा पनि पन्जाबको टिम हार्यो ।

यो आईपीएल–१३ मा राजस्थानको रोयल्सको लगातार दोस्रो जित हो । यो जितसँगै राजस्थान अंक तालिकामा दोस्रो नम्बरमा उक्लिएको छ ।

कमेन्टहरु
Loading...