सिजन सुरु भैसक्दा सुनसान ‘लेकसाइड’

पोखरा । अघिल्ला वर्ष यतिबेला लेकसाइडको रौनक छुट्टै हुने गर्दथ्यो । पर्यटकको भिड , भरिभराउ होटल अनि रेष्टुरेण्ट  तर यसवर्ष त्यो रौनक देखिदैन । सुनसान छ लेकसाइड ।

पर्यटन व्यवसायीमा न कुनै उत्साह छ न त रौनक नै । विगत ६ महिना देखी कोरोना महामारीका कारण पर्यटन क्षेत्रको गतिविध सून्य छ । होटल , रेष्टुरेण्ट र पर्यटकिय स्थलहरु ठप्प छन् ।

कोरोना नहुँदो हो त यति बेला लेकसाइडका होटल भरिराउ हुने थिए । भने सडकमा अधिंकाश पर्यटकको भिड देख्न सकिन्थ्यो ।

शरद ऋतुको आगमनसंगै खुलेको मौसम अनि फेवातालमा माछापुच्छ्रेको छायाँ मात्रै नभइ पछिल्लो पटक बाहिरी पर्यटकहरुका लागी साहसिक पर्यटन समेत रोजाइ बन्दै गइरहेको थियो ।

नेपाल हवाइ संस्था (ना)का अनुसार पोखरा घुम्न आउने मध्य करिब ८० प्रतिशत प्याराग्लाइडिङमा रमाउने गर्दथ्ये । त्यसबाहेक बन्जी, जिप फ्लाइर , अल्ट्रलाइट पर्यटनको रोजाइमा पर्ने गर्छ ।

पोखरा आउने चिनियाँ पर्यटक कम्तीमा पनि एक हप्ता यहाँ विताउने गर्दथ्ये । जसले यहाँका पर्यटन व्यवसायीलाई ठूलो टेवा पुर्याउने गर्दथ्यो ।
कोरोना महामारीको सुरुवात भएको चीनका पर्यटक तत्कालै आउने सम्भावना कम देखिन्छ । भने अन्य विदेशी पर्यटकपनि व्यवसाय  आउने सम्भावना न्युन छ ।

अघिल्ला वर्षमा असोजको पहिलो हप्ताबाटै सराङ्गकोटबाट हिमश्रृंखला हेर्ने र अन्नपूर्ण पदमार्गमा जाने पर्यटकहरुको पोखरा आउने गर्दथ्ये । चीन , भारत बाहेक युरोप र अमेरिकी पर्यटकहरु लेकसाइडमा बाक्लै भेटिन्थ्ये । यसवर्ष सबै तिर सुनसान छ ।

पोखरा भारतिय पर्यटकहरुको पनि उत्तिकै रोजाइमा पर्ने ठाउँ हो । भारतिय धार्मिक पर्यटकहरु बढि मात्रामा पोखरा आउने गर्दछन् । मुक्तिनाथ यात्रालागी आउने भारतिय पर्यटकहरु पोखरालाई ट्रान्जिटको रुपमा लिने गर्छन् । यहाँ रहेका तालबाराही , विन्दवासिनी मन्दिरमा पनि भारतिय पर्यटकको यो समय बाक्लै भिड लाग्ने गर्दथ्यो ।

पोखरा भ्रमणमा आउने पर्यटकहरु सांस्कृतिक सम्पदालाई पृष्ठभुमिमा राखेर अधिकांश पर्यटकहरु तस्बिर खिच्ने गर्दछन् । यहाँका सांस्कृतिक सम्पदामा खासगरि युरोपियन र चीनियाँ पर्यटक बढी पुग्ने गरेका छन् ।

घुम्ने मौसमको सुरुवात हुदैंगर्दा पर्यटन मन्त्रालयले वाहिरी पर्यटन भन्दापनि आन्तरिक पर्यटनलाई चलायमान बनाउनका लागी हप्तामा २ दिन विदा दिने गरि प्रस्तावको तयारी गर्दैछ ।

गण्डकी प्रदेशका उद्योग ,पर्यटन ,वन तथा वातावरण मन्त्री विकास लम्साल अहिले सुनासान देखिएपनि अब पोखरालाई केन्द्रविन्दु बनाएर पर्यटन बिकासका लागी थुप्रै योजना बनाइरहेको बताउँछन् ।

‘पोखरा घर हेर्न आउँदैनन् यहाँका पर्यटकिय गन्तव्य हेर्न आउने हुन् त्यसकारण त्यस्ता गन्तव्यलाई संरक्षण गरिनुपर्छ’,मन्त्री लम्साल भन्छन्,‘कोरोना महामारीपछि अन्य पर्यटकिय स्थानलाई प्रर्वद्धन गर्नुपर्छ’।

सरकार पर्यटन वर्ष २०२० मनाउने तयारीमा थियो । तर चैत्रबाट सुरु भएको कोरोना महामारीले त्यसलाई रोक्ने अवस्थामा पुर्यायो ।

पर्यटक आवगम ठप्प हुँदा लेकसाइडमा होटल सुनासान मात्रै होइन हजारौंको रोजगारी समेत खोसिएको छ । व्यावसायीहरु अन्यौलमा देखिन्छन् । लगानी सुरक्षित बनाउने चुनौती भन्दा बढि कसरी चलायमान बनाउन सकिन्छ भन्नेमा उनीहरुको चिन्ता र चासो देखिन्छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरन्जीबी पोखरेल पर्यटनलाई चलायमान बनाउनका लागी पर्यटकिय सम्पदालाई संरक्षण र प्रर्वद्धन गर्नुपर्ने धारणा राख्छन् ।

पोखरेल कोभिडसंग जुध्दै पर्यटन बजारलाई चलायमान बनाउने तयारीमा जुटेको बताउँछन्।

अघिल्लो दशैं लगत्तै आन्तिरक पर्यटक ह्वात्तै बढेको थियो । पश्चिमाञ्चल होटल संघको तथ्यांक अनुसार अघिल्लो वर्ष करिब ७० प्रतिशत अकुपेन्सी रहेको थियो । सेप्टेम्बरको अन्तिमतिरबाट पोखरामा आन्तिरक पर्यटकहरु पनि घुम्नका लागी आउने गर्दछन् ।

नेपालमा बढ्दै गएको आन्तिरक भ्रमणलाई बढवा दिनसकेमा केही हदसम्म पर्यटन व्यावसायलाई चलयमान बनाउन सक्ने देखिन्छ ।

कमेन्टहरु
Loading...