“ज्यानै हाजिर भो” गीतको भिडियो सार्वजनिक

गायक ब्रबिम शेर्मा चेसुङ र सीता सिंगकको स्वरमा सजिएको “ज्यानै हाजिर भो” (सेवारो) गीतको भिडियो सार्वजनिक भएको छ ।

साहित्यकार राजन मुकारुङको उत्कृष्ट शब्द तथा संगीत रहेको गीतमा पदम राजन मगरको संगीत संयोजन रहेको छ भने गीतलाई सेवा रेकर्डिङ स्टुडियोमा मुस्कान मुकारुङले रेकर्डिङ, मिक्सिङ अनि मास्टरिङ गरेका हुन् ।

थैली इन्टर्टेन्मेन्टको प्रस्तुति रहेको गीतको भिडियोमा ब्रबिम शेर्मा, ईक्शा मादेन अनि पुष्पा लिम्बुको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

गीतमा लिम्बू संस्कार अनि संस्कृति रमाइलो तरिकाले प्रस्तुत गरिएको छ ।

किरण चाम्लिङ राईले निर्देशन गरेको भिडियोलाई भुपेन्द्र तुम्बाहाङ्फेले छायांकन गरेका हुन् भने अनिल रानाले भिडियो सम्पादन गरेका हुन्।

[youtube https://www.youtube.com/watch?v=RrPyKeN94qY]

कमेन्टहरु
Loading...