फिफा वरियतामा नेपाल यथावत्

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत् स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा आज जारी नयाँ वरियतामा नेपाल १ सय ७० औं स्थानमा यथावत रहेको हो । गत महिना पनि नेपाल १ सय ७० औं स्थानमै रहेको थियो ।

त्यस्तै नेपाल दक्षिण एसियाली राष्ट्रको तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । एक स्थान घटुवा भएको भारत १ सय ९ औं स्थानमा छ भने माल्दिभ्स १ सय ५५ औं स्थानमा रहेको छ ।

नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन् । भुटान १ सय ८९ औं, बंगलादेश १ सय ८७ औं, श्रीलंका २ सय ६ औं र पाकिस्तान २ सयौं स्थानमा रहेका छन् ।

नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ भने फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो तथा पोर्चुगल पाँचौ स्थानमा छन् । पोर्चुगल भने २ स्थान उक्लिएर पाँचौ स्थानमा पुगेको हो ।

१ स्थान झरेको उरुग्वे छैटौं, स्पेन सातौं, क्रोएसिया आठौं, अर्जेन्टिना नवौं र कोलम्बिया दशौं स्थानमा छन् । रासस

कमेन्टहरु
Loading...