कास्कीमा अहिलेसम्म सबैभन्दा धेरैलाई कोरोना संक्रमण पुष्टि, रुपा गा.पाका ४ सहित पोखरामा ५० जना थपिए

पोखरा । पोखरामा आज एकैपटक ५४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अहिलेसम्मको तथ्यांक अनुसार यो अहिलेसम्म कै उच्च दर हो । पोखराका थप ३४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १ का ६ वर्षीय बालक सहित २ जना महिला, वडा नम्बर ५ का १ जना पुरुष, ६ का १ महिला, ७ का ३ पुरुष, वडा नम्बर ८ का २ महिला सहित १ पुरुषलाई कोरोना पुष्टि भएको छ ।

त्यस्तै वडा नम्बर ९ का १ महिला, वडा नम्बर १० का २ महिला सहित १ पुरुष, १३ का ४ महिला सहित १ पुरुष, वडा नम्बर १४ का २ महिला सहित १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै १७ का १ जना पुरुष, वडा नम्बर २५ का ८ वर्षीय बालिका सहित १ पुरुष र वडा नम्बर २६ का ३ महिला सहित १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कास्कीको रुपा गाउँपालिकाका ४ जनालाई कोरोना पुष्टि भएको छ । गाउँपालिका अन्तरगत वडा नम्बर २ तथा ५ का ४ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

यता तनहुँका ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिकाका वडा नम्बर नखुलेका २ जना पुरुष, वडा नम्बर ५ र ६ का १÷१ जना पुरुष तथा वडा नम्बर ६ का १ महिला र १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यस्तै लमजुङको मध्यनेपाल नगरपालिकाका ३ जनालाई संक्रमण पुष्टि भएको छ । नगरपालिका अन्तरगत वडा नम्बर ३ का १ पुरुष र वडा नम्बर ६ का १ महिला तथा १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

स्याङ्जाको पुतलीबजार नगरपालिकाका १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ६४ पुगेको छ ।

कमेन्टहरु
Loading...