पोखरा । निर्देशक चिरन्जीबी भुर्तेलको सर्ट फिल्म ‘मिठु’ युट्युबमा रिलिज भएको छ । २६ मिनेटको सर्ट फिल्म नेपाली समाजको मौलिक विषय बस्तुमा आधारित छ ।
निर्देशक भूर्तेलले लकडाउन अवधीमा बनाएका सर्ट फिल्म मध्य मिठु २३ औं फिल्म हो ।
फिल्ममा हेमन्त पराजुली , पुजन कार्की , दिपा सुनार , गोपाल बस्नेत,प्रकाश सिहं भण्डारी,विष्णु प्रसाद बराल लगायतको अभिनय छ ।
नेपाली समाजको मौलिक कथालाई मनोरन्जनात्मक शैलीमा प्रस्तुत गरिएको निर्देशक भुर्तेल बताउँछन् ।
फिल्मको कथा लेखन निर्देशक भूर्तेल आफैले गरेका हुन् ।
दर्शकको मनोरन्जनलाई मध्यनजर गर्दै सर्ट फिल्म बनाइरहेको उनले बताए ।
‘हलमा फिल्म चलेको छैन , दर्शकहरुलाई मनोरन्जन प्रदान गर्ने माध्यमको रुपमा सर्ट फिल्म बनाएको हु’, निर्देशक भूर्तेलले भने ।
लकडाउन समयमा निर्देशक भूर्तेलले जात नभएको मान्छे , नोक्सान , सुखदुख , डिल , अफयेर जस्ता सर्ट फिल्म बनाइसकेका छन्।
सर्ट फिल्मलाई स्टार इन्टरटेन्मेन्ट पोखराले निर्माण गरेको हो ।
[youtube https://www.youtube.com/watch?v=7AEdIEg20Jc]